नख्खुमा पनि सुरु भयो क्यूआर कोड भुक्तानी प्रणाली

 माघ १०, २०७७ शनिबार ६:२७:३५ | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि सुरु गरेको क्यूआर कोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । 

केहीदिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालमा रहेकाे तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकसँग साझेदारी गरेको छ। 

केन्द्रीय बैंकले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको सुरुआत गरेको हो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसल तथा तरकारी बजारमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्नुभयो।

नगदरहित कारोबार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । 

ग्लोबल आइएमई बैंकले क्यूआर मर्चेन्टलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिमको सुरुआत गरेको जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया