दाङमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

 माघ ११, २०७७ आइतबार ९:२५:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका-८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते हुनु भएको छ । 

शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उहाँलाई बाघले आक्रमण गरेको हो । 

बाघकाे आक्रमणबाट चौधरीकाे मुख, आँखा र टाउको गम्भिर चाेट लागेकाे छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियाे।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया