एसियाको सबैभन्दा ठूलाे लागुपदार्थ गिरोहका नाइके नेदरल्यान्डमा पक्राउ

 माघ ११, २०७७ आइतबार ११:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक जना पक्राउ  परेका छन् । 

चीनमा जन्मिएका क्यानडेली नागरिक सो चि लप पक्राउ परेका हुन् । संसारमा सबैभन्दा धेरै खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने उनलाई एम्स्टार्डममा रहेको स्किपोल विमानस्थलबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।  नेदरल्यान्डको प्रहरीले अस्ट्रेलियाद्वारा जारी गरेकाे पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको खबरमा उल्लेख गरिएको छ । 

एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका उनी अस्ति शुक्रबार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका हुन् ।  उनी आबद्ध गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्ने  पनि बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै रोएटर्सले सो चि लपको समूहले मेट्याम्फेटमिन बिक्रीबाट मात्रै सन् २०१८ मा १७ अर्ब डलरभन्दा धेरै रकम आम्दानी गरेको अनुमान गरेको थियो ।

उनको पक्राउका लागि एएफपीको नेतृत्वमा विश्वभरिका झण्डै २० वटा निकायले सहकार्य गरेको रोयटर्सले जनाएको छ । लागुऔषध ओसारपसारको आरोपमा सन् १९९० ताका अमेरिकामा पक्राउ परेपछि उनले नौ वर्ष जेलमा बिताएका थिए। 

अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले उनको पक्राउलाई दुई दशकमा प्रहरीले हासिल गरेको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । 
 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया