चीनमा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम जारी

 माघ ११, २०७७ आइतबार १३:२१:४६ | रासस
unn.prixa.net

काठमाण्डौ - चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिह भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।

चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार  जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना  चीनभित्रैका नागरिकमा पाइएको हो ।
 
यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । त्यही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

शनिबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हुवे प्रान्तका धेरै नागरिक रहेका पाइएकाे छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ । चीनका हेलिङजाङ, हेइबेइलगायतका ठाउँमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ ।
 
त्यही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको हो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् ।
 
उनीहरुले त्यहाँ नयाँ प्रजातिका सङ्क्रमितहरु पनि झन् बढ्न थालेको र यसबाट यहाँका धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् । बेलायतबाटै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
 
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार भाइरस विश्वका धेरै देशमा पुगेको र पहिलेको भन्दा बढी घातक रहेको बताएको छ । त्यस संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया