हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल सरकारको सार्वजनिक ऋण बढेर १४ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार गएको मङ्सिर महिनासम्म सरकारको सार्वजनिक ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।
यो रकम गएको साउनको तुलनामा ८८ अर्ब २० करोड रुपैयाँले धेरै हो । गएको साउनमा सरकारको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो ।
अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म सरकारको ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसमध्ये ६ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ आन्तरिक र आठ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा आन्तरिकतर्फ १२ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ । बाह्यतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ सावाँ र दुई अर्ब ६२ करोड रुपैयाँ ब्याज गरेर पाँच महिनामा सरकारले ३२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको छ । समग्रमा सरकारले पाँच महिनामा ४४ अर्ब ७९ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तानी गरेको छ ।
सरकारको कुल ऋण १४ खर्ब ९१ करोड ५६ लाख रुपैयाँलाई अहिलेको नेपालको जनसङ्ख्या तीन करोड २२ लाख एक हजार सात सय पाँच जनाले भाग गर्दा हरेक नेपालीको भागमा ४६ हजार तीन सय ५४ रुपैयाँ ऋण पर्न आउँछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।