नेप्से २४ सय विन्दुभन्दा माथि, ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार

 माघ ११, २०७७ आइतबार १६:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेको छ । आइतबार नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आइतबार व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको दिन बैंक समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै होटल समूहको २४, जलविद्युत् र उत्पादनको ५१, अन्यको एक सय चार, माइक्रो फाइनान्सको एक सय दुई, जीवन बीमाको एक सय ६५, निर्जीवन बीमाको दुई सय २१ र फाइनान्स समूहको शेयर १४ अङ्कले बढेको छ ।

आइतबार दुई सय सात वटा कम्पनीका एक करोड ९३ लाख ७९ हजार कित्ता शेयर नौ अर्ब ३७ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

पोखरा फाइनान्स, मिथिला लघुवित्त, गुराँस लाइफ  र ग्रामीण लघुवित्तका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंकका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया