हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – पुँजीगत अर्थात् विकास बजेट खर्च नबढेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असन्तुष्टि जनाउनुभएको छ । बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले विकास खर्च बढाउन आफ्नो मन्त्रालयले विभिन्न प्रयास गर्दा पनि सम्बन्धित मन्त्रालय र निकायले पहल नगर्दा खर्च बढाउन नसकिएको बताउनुभएको हो ।
चालु आर्थिक वर्षको लागि तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास बजेट विनियोजन भएकोमा पुससम्ममा ५० अर्ब ८२ करोड रुपैयाँ अर्थात् जम्मा १४ दशमलव ४० प्रतिशत मात्रै खर्च भएको छ । यस्तै चालु खर्च तीन खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ३६ दशमलव ०८ प्रतिशत खर्च भएको छ ।
समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले कोरोनो महामारीका बेला पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकासका कामका साथै पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले सहजीकरण र छलफल गरेको भन्दै नीतिगत निर्णय र निर्देशनको अभावमा मात्र पुँजीगत खर्च कम नभइ सम्बन्धित निकायको क्रियाशिलतामा कमी हुनु प्रमुख कारण भएको बताउनुभयो । उहाँले पहल लिएर समस्या समाधान गर्न ठोस रूपमा अघि नबढ्नु नै मूल कारण रहेको उल्लेख गर्दै पुँजीगत खर्च बढाउनका लागि सम्बन्धित मन्त्रालय र अन्तर–मन्त्रालयमा छलफल र समन्वय हुनुपर्ने बताउनुभयो ।
‘आ–आफ्नो जिम्मेवारी पूरा गरौँ । जवाफदेही बनौँ । अर्थ मन्त्रालयले सहयोग र सहजीकरण गर्छ’,अर्थमन्त्री पौडेलले भन्नुभयो ।
अर्थ मन्त्रालका अनुसार बजेट कार्यान्वयनका क्रममा गैर–बजेटरी माग, थप निकासा माग, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनको परिपालनामा बेवास्ता, बजेट विनियोजनमा पर्याप्त ध्यान नदिने र रकमान्तर र कार्यक्रम संशोधनको दबाब, बजेट तर्जुमा गर्दा ध्यान नपुर्याएकाे, वैदेशिक सहायता स्रोत परिचालनमा अनिच्छा, सोधभर्ना मागमा बेवास्तालगायतका विषय मुख्य चुनौती रहेका छन् ।
आकस्मिक खर्चको दबाब, सङ्गठन संरचना र दरबन्दी विस्तार गर्ने होडबाजी, आयोजना वर्गीकरणसम्बन्धी मापदण्डको उल्लङ्घन, राष्ट्रिय महत्त्वका कार्यक्रम र आयोजनाबाट रकमान्तर प्रस्तावलगायत पनि बजेट कार्यान्वयनका लागि चुनौती रहेको अर्थ मन्त्रालयको भनाइ छ ।
कार्यक्रममा सचिवहरूले कार्यविधि मन्त्रालय स्तरमा तयार पारि कार्यान्वयन गर्नुपर्ने, बहुवर्षीय ठेक्काको सिलिङ एउटै हुन नहुने, स्रोतको फुकुवा छिटो हुनु पर्नेलगायतका धारणा व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।