गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता : आठ रोहिंग्या पक्राउ

 माघ १२, २०७७ सोमबार ९:१९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विद्रोही समूहले आक्रमण गर्न सक्ने आशंकामा भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । 

७२ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता उच्च पारिएको हो । विद्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचनापछि सुरक्षा सतर्कता बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्रोही समूहले किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि ठाउँमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ । भारतमा भोलि ७२ औं गणतन्त्र दिवस मनाइँदैछ ।

सन् १९४७ जनवरी २६ मा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया