झुलाघाट : यस्ताे छ महामारीपछि नेपाल–भारत नाका

 माघ १२, २०७७ सोमबार १७:१३:३४ | उज्यालो सहकर्मी

कोरोना महामारी सुरु भएपछि भारतसँग जोडिएका नाका बन्द भए । अहिले सबै क्षेत्र खुला हुन थाले पनि नाका पूर्ण रुपमा खुलेका छैनन् । नाका पूर्ण रुपमा नखुल्दा सीमा क्षेत्रका बासिन्दा र व्यापारी बढी समस्यामा छन् । बैतडीको झुलाघाट बजारमा व्यापार व्यवसाय गर्ने र यही नाका हुँदै ओहोरदोहोर गर्ने नागरिकलाई पनि सास्ती छ ।   तर ओहोरदोहोर गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्छ । नाका पूर्ण रुपमा नखुल्दा निकै चहलपहल हुने झुलाघाट बजार दिउँसै सुनसान जस्तो देखिन्छ । ११ महिनादेखि बन्द रहेका पसलका सटरमा लागेका ताल्चामा खिया लाग्न थालेको छ । हिजोआज पास लिएर भारत जान केही मानिस फाट्टफुट्ट यो नाकामा पुग्छन् । तर पास नै भए पनि नेपाली नागरिकलाई भारत जान सजिलो छैन । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया