हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपालमा ई–सेवा प्रयोगकर्ताको सङ्ख्या ४० लाख नाघेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४० लाख नाघेको हो ।
यसैगरी अप्रत्यक्ष रूपमा झण्डै एक करोड ५० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । अहिले ई–सेवाका देशभर करिब एक लाखभन्दा बढी एजेण्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् ।
अहिले ई–सेवामा मर्चेन्टको सङ्ख्या एक लाख ८५ हजार नाघिसकेको छ । तीन जना युवाको परिकल्पनाबाट सुरु भएको एफवानसफ्ट कम्पनीअन्तर्गत ई–सेवासँगै झण्डै एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस ग्रुपले अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको छ ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरि २०१० जनवरी २५ बाट ई–सेवा सुरु भएको हो । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भन्नुभयो, ‘कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्त्वपूर्ण माध्यम बनाउन सफल भएका छौँ । आउँदा दिनमा ई–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुशनका रूपमा विकास गर्दै लैजानेछौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Raj Kishor Singh
Jan. 25, 2021, 8:49 p.m.Oi e-sewa khoi mero 1500?