हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - आज ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस संसारभर मनाइन्छ ।
विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दै छ । अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको विभागले जनाएको छ ।
साढे १ वर्षदेखि विभागले निर्माण गरिरहेको यो प्रणाली पहिलोपटक कार्यान्वयनमा आउन लागेको हो । विभागका अनुसार यो प्रणाली पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वरेण्टीन केन्द्रहरुमा लागू हुनेछ । त्यसपछि यो आर्थिक वर्षमा सबै ४० वटै निकायमा यो प्रणाली कार्यान्वयनमा आउने विभागले जनाएको छ ।
यो प्रणालीमार्फत व्यापारीहरुले अब अनलाइनमार्फत सम्बन्धित कागजात पेस गर्न सक्ने विभागका महानिर्देशक सुमन दाहालले बताउनुभएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क र प्रतिवेदन प्रणालीलाई थपस्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी बन्ने विभागका महानिर्देशक दाहालको भनाइ रहेको छ । भन्सार प्रणालीसँग अहिले ४० वटा विभिन्न निकायहरु जोडिएका छन् । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नुलाई गैरकानुनी मानिन्छ ।
हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाइ र अभ्यासहरुको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाइ हुन्छ ।
आयात अनि निर्यातकालागि चीन र भारत दुवै देशसँग व्यापार सम्झौता गरेर नेपाल सरकारले कुनै एउटा देशभन्दा पनि समग्र संसारभरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् ।
एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानिक अनि सहज बनाउँदै सहज आयात, निर्यातको व्यवस्था गर्न सकोस् ।
राष्ट्रसेवकहरुको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्यूटर प्रविधिबाट सहज अनि सरल बनाइएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरु नेपालमा अझै पनि अधिकांशरुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भइरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् ।
नेपालीको हित होस् अनि नेपालको जय होस् ।
भन्सार दिवसको शुभकामना !!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।