हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – केही दिनयता लगातार उकालो लागेको शेयर बजार मङ्गलबार भने घटेको छ । नेप्से मङ्गलबार १७ दशमलव ७९ अङ्कले घटेर २४ सय २३ दशमलव शून्य नौ विन्दुमा झरेको छ । होटल र फाइनान्स समूहको बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
मङ्गलबार व्यापार समूहको शेयर ९२ अङ्कले, विकास बैंकको २९ अङ्कले, बैंकको झण्डै सात अङ्कले, जलविद्युतको २७, निर्जीवन बीमाको ९८, उत्पादनको ४१, अन्यको २६, माइक्रो फाइनान्सको ५९ र जीवन बीमा समूहको शेयर ४१ अङ्कले घटेको छ ।
मङ्गलबार दुई सय सात कम्पनीका एक करोड ९६ लाख ६ हजार कित्ता शेयर आठ अर्ब २७ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
मङ्गलबार आठ वटा कम्पनीका शेयरधनीले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि गुराँस लघुवित्त, युनाइटेड फाइनान्स र प्रभु इन्स्योरेन्सका शेयरधनीले भने नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।