केपी ओलीमा कम्युनिस्ट पार्टीकाे चरित्र देखिएन : माधव नेपाल

 माघ १३, २०७७ मंगलबार १८:१३:४९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली कम्युनिस्ट पार्टी चरित्रका व्यक्ति नभएको आरोप लगाउनुभएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले मङ्गलबार पाँचथरको फिदिममा आयोजना गरेको पार्टी प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जालझेल र षड्यन्त्रपूर्वक तानाशाही तरिकाले प्रतिनिधि सभा विघटनको कदम चालेकाले केपी ओलीमा कम्युनिस्ट पार्टीको चरित्र नदेखिएको बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले नीति, सामूहिक छलफल, लोकतान्त्रिक संस्कार, क्रान्तिकारी सोच मान्ने तर केपी ओलीमा यी कुनै पनि चरित्र नभएको टिप्पणी गर्नुभयो ।

उहाँले सूर्य चुनाव चिह्न र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफूले पाउने पनि दाबी गर्नुभयो । फरक प्रसङ्गमा उहाँले वैशाख महिनामा चुनाव हुने कुनै सम्भावना नभएको बताउनुभयो ।

पार्टी प्रशिक्षण भेलालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै शर्माले केपी ओलीले तानाशाह प्रवृत्तिबाट प्रतिनिधि सभा विघटनको कदम चालेकाले सडक सङ्घर्षबाट प्रतिनिधि सभा पुनस्र्थापना गर्ने चेतावनी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया