विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघ्यो

 माघ १४, २०७७ बुधबार १८:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । अहिलेसम्म १० करोड नौ लाखभन्दा धेरै जना यो भाइरसबाट सङ्क्रमित भएका छन् ।

यस्तै सात करोड २९ लाखभन्दा धेरै मानिसले कोरोनालाई जितेका छन् । तर २१ लाख ६९ हजारभन्दा धेरैको भने कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । 

सबैभन्दा धेरै अमेरिकामा दुई करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । कोरोनाका कारण त्यहाँ चार लाख ३५ हजारभन्दा धेरैको ज्यान गएको छ । 

कोरोनाबाट प्रभावित दोस्रो देशमा भारत छ । त्यहाँ अहिलेसम्म एक करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजारभन्दा धेरैको ज्यान गएको छ । 

ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण भएकोमा दुई लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अहिलेसम्म १९ देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा धेरै छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया