डब्ल्यूएचओकाे टाेली वुहान क्वरेण्टीनबाट बाहिरियाे

 माघ १५, २०७७ बिहीबार १४:५२:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोलीले क्वरेण्टीन अवधि पूरा गरेको छ । क्वरेण्टीन अवधि पूरा गरेसँगै डब्ल्यूएचओको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गर्नेछ ।  

डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग जोडिएका अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ । 

अनुसन्धानका क्रममा यो टोलीले चिनियाँ अधिकारीहरुले दिएको प्रमाणलाई आधार मान्नेछ ।

१४ सदस्यीय डब्ल्यूएचओको टोली गएको जनवरी १४ मा वुहान पुगेको थियो । यो टोली दुई हप्ता क्वरेण्टीनमा बसेको हो । क्वरेण्टीनमा रहँदा यो टोलीले चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल रुपमा कुराकानी गरेको थियो ।
बिहीवार यो टोली होटलबाट बाहिर निस्किएर बसमार्फत अनुसन्धान गर्ने ठाउँतर्फ लागेको बताइएको छ । 

‘नयाँ चरण, नयाँ प्राथमिकता’, नेदरल्याण्डका भाइरोलजिस्ट मेरिएन कोपमान्सले ट्वीट गरेकी छिन् ।

यसअघि आफ्ना अनुसन्धानकर्ताहरुलाई चीन प्रवेशमा रोक लगाइएको डब्ल्यूएओले जनाएको थियो । पछि चीनले त्यसो हुनुमा राम्रोसँग सम्पर्क हुन नसकेको जनाएको थियो ।  

सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण भेटिएको थियो ।   

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया