शेयर बजारको कारोबारमा नयाँ रेकर्ड, नेप्से घटे पनि झण्डै १० अर्ब रुपैयाँकाे किनबेच

 माघ १५, २०७७ बिहीबार १६:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । बिहीवार दुई सय नौ कम्पनीका दुई करोड २१ लाख कित्ता शेयर नौ अर्ब ८९ करोड ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । यो रकम नेपालको शेयर बजारको इतिहासमा अहिलेसम्मकै धेरै हो । यसअघि सर्वाधिक नौ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमले रेकर्ड तोडे पनि नेप्से बिहीवार साढे १६ अङ्कले घटेको छ । नेप्से १६ दशमलव ५५ अङ्कले घटेर २४ सय २५ दशमलव २९ विन्दुमा झरेको छ । बिहीवार उत्पादन, माइक्रो फाइनान्स र निर्जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेको छ ।

बैंक समूहको शेयर ४१ अङ्कले, होटलको २५ अङ्कले, विकास बैंकको ४३, जलविद्युतको २२, फाइनान्सको १८, अन्यको ११, जीवन बीमा समूहको शेयर ४२ अङ्कले घटेको छ ।

बिहीवार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५७ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ इक्विटी फण्ड र हिमालय पार्टनरका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

समग्र बजार घटे पनि सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया