वायु सेवा निगमका कर्मचारीले वाणिज्य बैंकबाट विना धितो ऋण पाउने

 माघ १५, २०७७ बिहीबार १८:२४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वायु सेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको छ ।

निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीहरूले सरल कर्जा प्राप्त गर्न सक्ने गरि सम्झौता भएको निगमले जनाएको छ । तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो १५ लाख रुपैयाँसम्मको सरल कर्जा उपभोग गर्न पाउनेछन् । 

सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भएर सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट कर्मचारीले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैँकलाई उपलब्ध गराइने छ ।

कर्जाको ब्याजदर ७ दशमलव ७४ प्रतिशत रहनेछ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया