डब्ल्यूएचओले भन्यो, ‘युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगरियोस्’

 माघ १५, २०७७ बिहीबार २०:२३:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ ।

डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भजे, ‘डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये ३० देशमा गएको १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझै पनि यहाँको सङ्क्रमण दर धेरै रहेको छ ।’ 

उनले भने,  ‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण युरोपेली देशहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्न सक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ । त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुन सक्छ ।’ 

यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा यस पहिले सङ्क्रमण पुष्टि भइसकेको छ । महामारीका कारण यसअघि नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा सङ्क्रमण फेरि फैलिनसक्ने जोखिम कायम रहने उनले बताए ।  

डब्ल्यूएचओका अनुसार युरोपेली क्षेत्रमा रुस र धेरै मध्य–एसियाली देशहरू रहेका छन् । यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया