अमेरिकी कम्पनी नोभाभ्याक्सकाे खोपको प्रभावकारीता ८९ प्रतिशत देखियाे

 माघ १६, २०७७ शुक्रबार ९:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोरोनाविरुद्धको खोप नोभ्याक्सिनको प्रभावकारिता ८९ प्रतिशत रहेको दाबी गरेको छ ।

बेलायतमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएकाे हो । परीक्षणमा सहभागी एक चौथाइभन्दा धेरै नागरिक ६५ वर्ष उमेरमाथिका रहेका बीबीसीले जनाएको छ । यो खोपले कोरोनाको नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने दाबी गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोराना खोपसम्बन्धी नयाँ परीक्षण सुखद समाचार भएको भन्दै स्वागत गर्नुभएको छ । उहाँले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामक निकायले परीक्षण गर्ने पनि बताउनुभएको छ ।

बेलायतले आफ्नै देशको स्टकटन-अन-टिज सहरमा उत्पादन गर्ने यो खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ । नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्ध वार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

नोभाभ्याक्स, अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि बेलायतमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया