म्यानमारकी नेतृ आङ सान सुकी सेनाकाे हिरासतमा

 माघ १९, २०७७ सोमबार ६:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ पर्नु भएको छ ।

उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ ।

सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले नोभेम्बर महिनामा भएको चुनावमा फराकिलो मतले जित निकालेको थियो । तर सेनाले भने यो चुनावमा धाँधली गरेको दाबी गर्दै आएको थियो । सेनाले म्यानमारमा आजको संसद बैठक स्थगित गर्न आह्वान गरेको छ ।

नेशनल लिग फर डेमोक्रेसी पार्टीका प्रवक्ताले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको बताएका रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अहिले म्यानमारको राजधानी नेपिटाब र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थित रहेको छ ।

राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ । सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताउनु भएको छ । सुकीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउनु भएको थियो । सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । नेतृ सुकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया