उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको ज्यान गयो

 माघ २३, २०७७ शुक्रबार १३:४१:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परेर सरकार समर्थक १६ लडाकु र १० तालिबान लडाकुको ज्यान गएको छ । 

जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले झडपमा सरकार समर्थक लडाकुका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको  ज्यान गएको जानकारी दिएका हुन् । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकु पाँचसहित नौ जना घाइते भएका पनि  साफीले बताएका छन्। 

सयौं तालिवान लडाकुहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकुमाथि आक्रमण गरेका थिए । आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् । कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकुको ज्यान गएको पुष्टि गरेका छन् । 

तालिबान लडाकु समूहले भने यस झडप र हताहतको कुनै टिप्पणी गरेका छैनन् ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया