भारत : आन्दाेलनरत किसान र प्रशासनलाई संयमता अपनाउन यूएनकाे आग्रह

 माघ २४, २०७७ शनिबार १०:२३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संयुक्त राष्ट्रको मानवअधिकार संस्था यूएनले भारतमा भइरहेको किसान आन्दोलनमा प्रशासन र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ । 

यूएनले पहिलो पटक किसान आन्दोलनप्रति ध्यानाकर्षण गर्दै शान्तिपूर्ण तरिकाले मानवअधिकारको संरक्षण गदै उत्पन्न समस्याको समाधान गर्न आग्रह गरेको हो । 

संयुक्त राष्ट्रले भारतमा पछिल्लो दुई महिनादेखि भइरहेको किसान आन्दोलनबारे प्रतिक्रिया जनाएको यो पहिलो पटक हो । यसअघि पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग, चर्चित पप गायिका रिहानाले पनि किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए ।

भारत सरकारले किसान आन्दोलनको मुद्दामा अन्तर्राष्ट्रिय हस्तीहरुको तर्फबाट गरिएको ट्वीटपछि कसैको पनि नाम नलिइकन टिप्पणी गरेको थियो । भारत सरकारले नयाँ तीन वटा कानुन ल्याएको र ती कानुन व्यापारीको फाइदामा रहेको भन्दै भारतका किसानहरू लामो समयदेखि आन्दोलनमा लागेका छन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया