सिप्रदीले देशव्यापीरुपमा मोटरसाइकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नति गर्दै

 माघ २४, २०७७ शनिबार १२:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा  माेटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले सिरहाकाे लहान र चितवनमा रहेकाे मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरेकाे छ । 

ग्राहकहरुलाई अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा दिने प्रतिबद्धतासहित काठमाण्डाै र पोखरापछि ती ठाउँमा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरिएकाे प्रालिले जनाएकाे छ  ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्ट्स र सिप्रदीको संयुक्त परियोजना अन्तर्गत लहानचोकमा रहेको शंकर एंड ब्रदर्स आटो पार्ट्स र नारायणगढ़काे लायन्सचोकमा रहेको चितवन बाइक सर्भिस सेन्टरलाई म्याक सर्भमा स्तरोन्नति गरिएको हाे ।

याे वर्कशपमा ग्राहकहरुले कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवाप्राप्त गर्न सक्ने सिप्रदीले जनाएकाे छ । साथै म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा फेब्रुअरी १५ सम्म यी वर्कशपहरुमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेबर चार्जमा २० प्रतिशत र अन्य पार्टहरुमा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।  

म्याक सर्भमा स्तरोन्नति भएका वर्कशपहरुले विभिन्न ब्राण्डका जेन्युअन पार्टपूर्जाहरु उपलब्ध गराउँदै आइरहेको सिप्रदीकाे दाबी छ । अहिलेसम्म  काठमाण्डाै, पोखरा, लहान र चितवनमा म्याक सर्भको स्तरोन्नति भइसकेको छ भने कोहलपुर, भक्तपुर र इँटहरीमा पनि छिट्टै सुरुवात हुँदैछ ।
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया