म्यानमारमा सेनाको 'कू' विरुद्ध भइरहेको प्रदर्शनमा शिक्षक र विद्यार्थी पनि सहभागी

 माघ २४, २०७७ शनिबार १२:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा  सेनाको 'कू' विरुद्ध भइरहेको प्रदर्शनमा शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन् ।  

आम नागरिकहरु प्रदर्शनमा निस्किएपछि शिक्षक र विद्यार्थी पनि प्रदर्शनमा सहभागी हुन थालेका बीबीसीले जनाएको छ । म्यानमारको ठूलो सहर यांगुनको एक विश्वविद्यालयमा प्रदर्शनकारीहरुले जेलमा थुनिएका आङ सान सुकीसहितका नेताको रिहाइको माग गरेका छन् ।

प्रदर्शनमा लागेकाले आफ्नो कपडामा रातो रिबन लगाएका थिए रातो रंग सुकीको पार्टीको रंग हो । सय्यौँ विद्यार्थी तथा शिक्षकहरु यांगुनको विश्वविद्यालय बाहिर जम्मा भएर विरोध प्रदर्शन गरेका खबरमा जनाइएको छ ।  उनीहरुले सुकीको समर्थनमा नाराबाजी गरेका थिए ।

सैन्य 'कू'पछि नेतृ सुकीसहित अन्य नेताहरु हिरासतमा छन् । गएको सोमवार बिहान सेनाले नेतृ आङ सान सुकीसहितलाई गिरफ्तार गरेर सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल लागू गरेको छ ।

विश्व समुदायले म्यानमारमा भएको सैन्य 'कू' को विरोध गरेको छ । म्यानमारभित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन् भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सुकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । 
  
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया