स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सेवा सञ्चालन सम्बन्धमा सम्झौता

 माघ २४, २०७७ शनिबार १३:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी र डिजिटल बैंकिङ्गकाे पहुँच सजिलै पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकसँग सहकार्य गरेको छ । 

ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन प्रविधिमार्फत सेवा उपलब्ध गराउने उदेश्यले स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आइएमई बैंकबीच सहकार्य भएको हो । 

विगत दुई वर्षको प्रयासबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षणपश्चात सञ्चालनको अवस्थामा ल्याइएको यस उपकरणबाट मोबाइल बैंकिङ्ग, ई बैंकिङ्ग, सेल्फ बैंकिङ्ग लगायतका  स्मार्ट क्यूआर कार्डमार्फत दिइने सबैखाले सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुने भएकाे छ। 

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरलढंगले बैंकिङ्ग सेवा र सुविधाहरुको पहुँच पुग्ने विश्वास लिइएकाे छ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बीच सञ्चालनमा ल्याउने याेजना बनाएकाे छ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्द्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ । 

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैंकिङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता र माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुवै कम्पनीहरुको रहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया