ओबामा दम्पतीले तेन्जिङ शेर्पाबारेमा चलचित्र बनाउने

 माघ २४, २०७७ शनिबार १८:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नाेर्गे शेर्पाबारे चलचित्र बनाउनुहुने भएको छ ।

ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेकाे नेटफ्लिक्सले जनाएको छ । तेन्जिङ नाेर्गे  शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । चलचित्र एड डग्लसले सन् २००३ मा लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ को आधारमा बनाइने हायर ग्राउण्ड प्रोडक्सन्सले जनाएको छ ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गर्नुभएको हो । चलचित्र रिलिजको मिति तोकिएको छैन । तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया