छोरीलाई गोली हानेर भागेका बाबुले राति घरमा आगो लगाए

 माघ २५, २०७७ आइतबार ११:५५:५२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा छोरीलाई गोली हानेर भागेका बाबुले राति आएर घरमा आगो लगाएका छन् ।

पुर्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।

हिजो दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । महराको खोजी भइरहेको  प्रहरीले जनाएको छ । महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया