काेराेनाकाे नयाँ प्रकार : दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउन रोक

 माघ २६, २०७७ सोमबार १३:५२:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेकाे कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको 'निराशाजनक' नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । 

अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा स्वरूपबाट प्रभावित रहेको पाइएको छ । 

दुई हजारभन्दा धेरै मानिसमा गरिएको अध्ययनले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको प्रभावकारिता नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको १० लाख डोज प्राप्त गरिसकेको थियो । खोप अभियान सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला प्रभावकारितामाथि प्रश्न उठेपछि खोप लगाउनै रोक लगाइएको हो ।

आइतवार अनलाइन समाचार कन्फ्रेन्समा बाेल्दै दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताउनुभयाे ।  

अध्ययनकाे नेतृत्व गरिरहनुभएका प्राध्यापक शाबिर माधीले भन्नुभयाे, दुर्भाग्यवश अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले सामान्य तथा मध्यम खालका बिमारीमा काम नगर्ने रहेछ ।त्यस अध्ययनले भने अझ गम्भीर सङ्क्रमणलाई अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्ने विषय नहेरेको उहाँले बताउनुभयाे । 

अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेकाले गम्भीर लक्षणको जोखिममा रहेको जनसङ्ख्यालाई त्यसले प्रतिनिधित्व नगर्ने जनाइएकाे छ ।  

अक्सफोर्डकी अग्रणी खोप विकासकर्ता प्राध्यापक सराह गिल्बर्टले अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिनुभएकाे छ । खोप विकासकर्ताहरूले दक्षिण अफ्रिकाकाे देखिएकाे काेराेनाकाे नयाँ प्रकारविरुद्ध अहिलेकाे खोपमा परिमार्जन गर्न सक्ने उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया