माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंकका कर्मचारी आमरण अनशनमा

 माघ २६, २०७७ सोमबार १८:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आफ्ना माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारीले आमरण अनशन सुरु गरेका छन् ।

साढे दुई महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दासमेत आफ्ना माग पूरा नभएको भन्दै कर्मचारी युनियनका सहअध्यक्ष अञ्जन कार्की र उपाध्यक्ष मोहनप्रसाद उपाध्याय संस्थाको गेट बालुवाटारमा आमरण अनशनमा बसेका छन् । संस्थामा कार्यरत धेरै कर्मचारीहरूको समर्थनमा विभिन्न सेवा सुविधाको माग राखेर लिखित तथा मौखिक दबाब दिँदासमेत व्यवस्थापन पक्षले अटेर गरेको आन्दोलित कर्मचारीहरूले बताएका छन् ।

गएको मङ्सिर ७ गतेदेखि केन्द्रीय कार्यालय काठमाण्डौसहित देशभरका नौ वटा क्षेत्रीय कार्यालयमा तीन सयभन्दा धेरै युनियनका कर्मचारी आन्दोलनमा रहेका छन् ।  

कर्मचारीको जायज माग सम्बोधन गराउन, संस्थाभित्र देखिएका बेथिति हटाउन, नेपाल सरकार, नेपाल राष्ट्र बैंकको नीति, नियम र निर्देशन पालना गर्न र ग्राहक सदस्यहरूलाई सहज र सहुलियतरूपमा सेवा प्रदान गर्न माग गर्दै आएका छन् ।  

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया