बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो, राजस्वको लक्ष्य १० खर्ब ७४ अर्ब

 माघ २७, २०७७ मंगलबार १५:३९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो ।

संशोधित खर्चमध्ये चालुतर्फ नाै खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ खर्चको अनुमान छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ कराेड रुपैयाँको अनुमान छ ।

साथै राजस्व सङ्कलनको लक्ष्य पनि संशोधन गरेर १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँमा झारिएको छ । अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ॠणतर्फ दुई खर्ब २५ अर्बको अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो अनुमान गर्दा वैशाखमा घाेषणा गरिएकाे चुनाव, कोरोना भाइरसविरुद्धको खाेप, अनिवार्य खर्चलगायतलाई आधार मानेर संशोधन गरेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया