बहराइनद्वारा रुसमा विकास गरिएको खोप प्रयोगका लागि अनुमति

 माघ २९, २०७७ बिहिबार ९:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ । 

बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो । 

राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्ने गरी अनुमति दिइएको जनाएको छ ।

बहराइनका स्वास्थ्य अधिकारीले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा जोड दिएका छन् । बहराइनमा कोरोनाविरुद्धका अरु खोपको प्रयोग भने यसअघि नै सुरु भइसकेको थियो। 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • सागर उपाध्याय

    Feb. 11, 2021, 9:57 a.m.

    कोरोना भाइरस ले नि सारा नेपालीलाई रुवायो फेरि फर्किने को पुरानै खुशी

  •  0 Reply

तपाईको प्रतिक्रिया