भारत–चीन सीमा विवाद : पूर्वी लद्दाखमा दुई देशबीच सम्झौता

 माघ २९, २०७७ बिहिबार १५:३५:३८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

काठमाण्डाै – भारत र चीनबीच विवादित सीमा क्षेत्र लद्दाखलाई लिएर सम्झौता भएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले बिहीवार पूर्वी लद्दाखको वर्तमान स्थितिबारे संसदलाई जानकारी गराउनुभएकाे छ । 

उहाँले भन्नुभएको छ, ‘चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिण क्षेत्रमा सेनालाई पछि हटाउने सहमति भएको छ । हाम्रो दृढ सङ्कल्प र अर्थपूर्ण वार्ताका कारण चीनसँग सहमति भएको हो, सदनलाई यो कुरा भनिरहँदा निकै खुसी लागेको छ ।’

पूर्वी लद्दाखमा भारत र चीन सीमा (वास्तविक नियन्त्रण रेखा ‘एलओसी’) मा दुई देशबीच झण्डै दश महिनादेखि तनाव भइरहेको छ । 

यस सीमा विवादलाई सुल्झ्याउनका लागि दुई देशबीच अहिलेसम्म नौ पटक उच्चस्तरीय सैन्य वार्ता भइसकेको छ । 

भारतका रक्षा मन्त्री सिंहले भन्नुभएको छ, ‘भारतले सधैँ चीनलाई द्विपक्षीय सम्बन्ध दुवै पक्षको प्रयासमा विकसित हुन सक्छ भन्दै आएको छ । साथै सीमाको प्रश्न पनि छलफलको माध्यमबाट सुल्झाउन सकिन्छ ।’

गएको जुन १५ मा चिनियाँ सेनासँगको सङ्घर्षका क्रममा २० भारतीय सैनिकको ज्यान गएको थियो  ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया