निफ्रा बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचीकरण, आइतवारदेखि कारोबार हुने

 माघ २९, २०७७ बिहीबार १७:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । बैंक र नेप्सेबीच प्रति कित्ता एक सय रुपैयाँ मुल्य कायम भएको २० करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयरसमेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भएर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । 

शेयर सूचीकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको हो ।  

नेपाल स्टक एक्सचेन्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता भएको दोस्रो दिन अर्थात् आउँदो आइतबारदेखि नेपाल स्टक एक्सचेन्जमा बैंकको धितोपत्र "NIFRA" काे कोडबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । बैंकले शेयर सूचीकरणपछि दिनुपर्ने शेयर रजिस्ट्रार सेवाका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।  

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया