पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष बनाउने तयारी

 माघ २९, २०७७ बिहिबार २०:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी भएको छ । 

अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय पनि भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तलाई आग्रह गर्नुभयो । 

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने बताउनुभयो ।

पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली सङ्घको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीहरूकाे लगानीका लागि आईपीओ जारी गरिनेछ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया