प्रधानमन्त्री कार्यालय र धरहरा पुनर्निर्माणकाे कामप्रति ओली 'सन्तुष्ट'

 माघ २९, २०७७ बिहीबार १९:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गर्नुभएको छ । 

बिहीवार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन गर्नुभएको हो । भूकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुनर्निर्माण भइरहेको छ ।

सिंहदरबारको पुनर्निर्माणकाे कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले जानकारी दिनुभयो । धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिनुभएको ज्ञवालीले बताउनुभयो ।

धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने गरी काम अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञवालीले जानकारी दिनुभयो । 

तस्बिर : प्रधानमन्त्री कार्यालय

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया