चीनमा बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारणमा रोक

 माघ ३०, २०७७ शुक्रबार ७:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको छ ।

कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यकविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेको रिपोर्टिङ्गको चीनले आलोचना गर्दै आएको थियो । यहीक्रममा चीनले बिबिसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द गरेको हो ।

चिनियाँ नियामक निकायले “समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्याउन नहुने“ सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको बीबीसी वर्ल्ड न्यूजले “गम्भीर रूपमा उल्लङ्घन“ गरेको जनाएको छ । उसले  अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने पनि स्पष्ट पारेको छ ।

बीबीसीले भने चिनियाँ सरकारको निर्णयबाट आफू “निराश“ भएको प्रतिक्रिया दिएको छ । बेलायतमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पनि बीबीसीको प्रसारण सेवा बन्द गरेको हो ।

बीबीसीले प्रसारणमा लागेको प्रतिबन्धप्रति खेद व्यक्त गर्दै आफ्नो सेवा विश्वकै सबैभन्दा विश्वसनीय अन्तर्राष्ट्रिय समाचार माध्यम भएको दाबीसमेत गरेको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया