काठमाण्डौका विभिन्न ठाउँमा भोलि र पर्सि दिउँसो बत्ती जाने

 माघ ३०, २०७७ शुक्रबार ९:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा भोलि र पर्सि दिउँसो विद्युत् कटौती गरिने भएको छ ।

सडक विस्तारका कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले साँखु, गोठाटार र कोटेश्वरमा भोलि तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतवार विद्युत बन्द गर्न लागेको हो ।

बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार भोलि बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत लाइन काटिनेछ ।

त्यस्तै, भोलि नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह ४ः३० सम्म विद्युत काटिनेछ ।

कपन फिडरअन्तर्गत पर्सि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत कटौती हुने केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया