सुनको भाउ ६ सय रुपैयाँले घट्याे

 माघ ३०, २०७७ शुक्रबार ११:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज घटेको छ । सुन तोलाकाे ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम हो ।

यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।    

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया