काठमाण्डौका विभिन्न ठाउँमा आज बत्ती जाने

 फागुन १, २०७७ शनिबार ६:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज बिजुली जाने भएकाे छ । 

साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ । यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ ।

यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाण्डौ उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जानेछ । यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्म काटिनेछ ।

यो फिडरको लाइन काटिँदा पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लानिङ र आसपासका क्षेत्रमा बत्ती जानेछ । यस्तै कपन फिडर अन्तर्गतका क्षेत्रमा भोलि बत्ती जानेछ । कपन फिडर अन्तर्गत भोलि बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया