सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

 फागुन १, २०७७ शनिबार ८:५६:३ | रासस
unn.prixa.net

काठमाण्डाै - द्वन्द्वग्रस्त देश यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले शुक्रवार सार्वजनिक गरेका विवरणहरुकाअनुसार उनीहरु ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् । 

लामो समयदेखिको द्वन्द्वका कारण अति गरिब देशमा पर्न गएको यमनमा द्वन्द्व र गरिबीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।  यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसङ्घीय निकायले उल्लेख गरेको छ । 

भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो वर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशङ्का गरिएको छ । यसले यमनमा मानवीय सहायतसम्बन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् । 

राष्ट्रसङ्घीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् । 'अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि सङ्घर्ष गर्नु पर्ने भएको छ,' विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भन्नुभयो । 

उहाँले सार्वजनिक गरेको तथ्य तथा विवरणहरू खाद्य तथा कृषि संगठन, यूनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेका हुन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया