प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले डेमोक्रेटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उहाँका वकिलहरूले बदलाको अभियान चलाइएको आरोप लगाएका बीबीसीले जनाएको छ ।
सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्रेटिक दलका नेताहरूले गएको जनवरी ६ मा भएको क्यापिटल भवन हमलाका भिडियाे फुटेजसमेत प्रदर्शन गरेका थिए । ट्रम्पले घातक हमला गर्न समर्थकहरूलाई उक्साएको आरोपलाई खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी संविधानले रक्षा गर्ने जिकिरसमेत गरेका छन् ।
तल्लो सदन प्रतिनिधिसभाले विभिन्न आरोपमा ट्रम्पमाथि महाभियोग लगाइसकेको छ । तर महाभियोग पारित गर्न सिनेटको पनि समर्थन चाहिन्छ । महाभियोग पारित गर्न सिनेटमा दुई तिहाइको बहुमत आवश्यक पर्छ । जबकी डेमोक्रेटहरूसँग केवल सामान्य बहुमत मात्र उपलब्ध छ ।
आज महाभियोग प्रस्तावमाथि मतदान हुने सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।