यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - जर्मनीका विदेशमन्त्री हेइको मासले जर्मनीले अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति बढाउन चाहेको बताउनुभएको छ ।
जर्मनीले अफगानिस्तानमा अमेरिकापछि धेरै सैनिक पठाएको छ । अफगानिस्तानमा सेना पठाउनका लागि प्राप्त भएको वार्षिक जनादेश सकिनुभन्दा पहिले अफगानिस्तानको सरकार र तालीबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीले जनाएको छ । शान्तिवार्ता मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम रहेको भन्दै जर्मनीका विदेशमन्त्री मासले त्यस बेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने बताउनुभएको छ ।
यसअघि संयुक्त राज्य र तालीबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बाइडेनले समय सीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालीबानले हिंसा अन्त्य गर्ने कुनै सङ्केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीको भनाइ रहेको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालीबानी समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गएको वर्ष तालीबानसँगको वाशिङ्टनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिनुभएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान सुरु भएको छ ।
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्त्यतिर बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने निर्क्याैल गरिने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।