आगलागीबाट अति आवश्यक कागजपत्रमा क्षति नभएको खानेपानी मन्त्री य...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - दिल्ली प्रहरीको विशेष टोलीले भारतीय किसानको समर्थनमा स्वीडेनकी पर्यावरणविद् ग्रेटा थनबर्गले शेयर गरेकी ‘टूलकिट’ प्रकरणमा बेङ्गलोरबाट २१ वर्षीया पर्यावरण अभियन्ता दिशा रविलाई पक्राउ गरेको छ ।
दिशा रवि पर्यावरणका लागि काम गर्ने संस्था फ्राइडेज अपर ‘फ्युचर’ का संस्थापकमध्ये एक हुन् । दिल्ली प्रहरीले पक्राउ गरेकोमा उनीमात्र नभएको बताइएको छ ।
बेङ्गलोरका अभियन्ताका अनुसार टूलकिट प्रकरणमा प्रहरीले दिशा रविलाई जस्तै मुम्बई र दिल्लीबाट पनि कम्तीमा पाँच जनालाई पक्राउ गरेको छ । यी सबैमाथि किसानहरुको समर्थनमा बनाइएको एक टूलकिटलाई सामाजिक सञ्जालमा शेयर गरेको आरोप छ ।
याे पनि पढ्नुहाेस् ।
बेङ्गलोर प्रहरीले अहिले दिल्ली प्रहरीलाई यस अपरेशनको जानकारी भएको भन्नेबारेमा अस्वीकार गरेको छ । यसअघि दिल्ली प्रहरीले किसान आन्दोलनको आडमा सरकारविरुद्ध सामाजिक सञ्जालमा पोस्ट गरिएको एक सामग्रीको सिलसिलामा एक एफआईआर (मुद्दा) दर्ता गरिएको बताएको थियो ।
प्रहरीले त्यस मुद्दामा पर्यावरणविद् ग्रेटा थनबर्गका नाम नभएको बताइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।