प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई सोध्यो– ‘विवाद नै नसुल्झाइ कसरी चुनाव हुन्छ ?’

 फागुन २, २०७७ आइतबार १४:१६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले विवाद नै नसुल्झाइ कसरी चुनाव हुन्छ भनेर निर्वाचन आयोगलाई सोधेको छ । आफ्नो समूहमा ६४ प्रतिशत मत रहेको दाबीसहित नेकपाको प्रचण्ड–माधव समूहले पहिला विवाद समाधान गर्न आयोगलाई सुझाव दिएको छ । 

निर्वाचन आयोगले आचारसंहिताबारे आइतवार (आज) गरेको छलफलमा नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले विवाद समाधान गरेर मात्रै चुनावमा जानुपर्नेमा जोड दिएको जानकारी दिनुभयो । छलफलका लागि आयोग पुगेको नेकपाको प्रचण्ड–नेपाल समूहले सुरुमै पार्टीको विवाद समाधानबारे चासो राखेको हो ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

यसअघि गएको माघ १६ गते आयोगले नेकपाको केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल समूहलाई विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ । नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ । 

सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि प्रतिनिधि सभाको चुनावको मिति तोकेको छ । निर्वाचन आयोगले चुनावको तयारी र आचारसंहिताका बारेमा आइतवार दलहरूसँग छलफल गरेको हो ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र मस्यौदाबारे दलहरूसँग छलफल थालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । राजनीतिक दलहरूसँगको छलफलपछि आयोगले आचारसंहिता सार्वजनिक गर्ने तयारी गरेको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया