विद्युतकाे माग तथा खपत बढाउन प्रसारण र वितरणमा लगानी बढाउनुपर्छ : कार्यकारी निर्देशक शाक्य

 फागुन २, २०७७ आइतबार १५:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताउनुभएको छ । 

विद्युत् प्राधिकरणकाे केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति पुग्दाे भए पनि विद्युत् प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताउनुभएको हो ।

उहाँले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । कार्यकारी निर्देशक शाक्यले विद्युतकाे माग तथा खपत बढाउनका लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताउनुभयो ।

उहाँले विद्युत् प्रसारण तथा वितरण र खपतलगायत समग्र समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकाेमा जाेड दिनुभयाे । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया