यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले देशको समग्र आर्थिक अवस्था सामान्य रहेको बताएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले कोरोना महामारी कम हुँदै गएको र आर्थिक क्षेत्र चलायमान भएकाले अवस्था सामान्य रहेको बताएको हो ।
राष्ट्र बैंकमा भएकाे भर्चुअल कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सफल कार्यान्वयनबाट अर्थतन्त्र विस्तारको बाटोमा अघि बढेको, सबै क्षेत्रमा उत्साह ल्याएको बाह्य क्षेत्र सन्तुलनमा रहेको, मूल्यवृद्धि नियन्त्रणमा रहेको, वैदेशिक व्यापार सन्तुलनमा सुधार आएको, रेमिट्यान्स ११ प्रतिशतले बढेको लगायतका कारण अर्थतन्त्र सामान्य अवस्थामा फर्किएको बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन र कर्जा प्रवाह झनै उत्साहका साथ बढेको, कोरोना प्रभावितलाई लक्षित गरेर ल्याइएको पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा प्रवाहको अवस्था पनि उत्कृष्ट रहेको बताउनुभयो । अहिलेसम्म ८७ अर्ब ८७ करोड रुपैयाँको पुनकर्जा स्वीकृति भएको र ८२ अर्ब रुपैयाँ प्रवाह नै भइसकेको उहाँले जानकारी दिनुभयो । ६१ हजार ऋणीले एक खर्ब ३७ अर्ब सहुलियतपूर्ण कर्जा लिएको र समग्र कर्जाको ब्याजदर क्रमशः घट्दै गएको गभर्नर अधिकारीले बताउनुभयो ।
धेरै ऋणको पुनर्तालिकीकरणका लागि पाँच प्रतिशत ब्याज तिर्नुपर्ने
राष्ट्र बैंकले गएको साउन २ गते जारी गरेको मौद्रिक नीतिलाई अर्धवार्षिक समीक्षामा पनि परिवर्तन गरेको छैन । भारित औसत ब्याजदर, अनिवार्य नगद अनुपात, शेयर बजारका लागि भएका व्यवस्थालगायतलाई यथावत् नै राखेको छ ।
तर कोरोना प्रभावित उद्योग व्यवसायलाई भने अर्धवार्षिक समीक्षाले थप सहुलियत दिएको छ । मौद्रिक नीतिमा सरकारले तोकेका कोरोना प्रभावित क्षेत्रका ऋणीले २०७८ सालको असारसम्म पुनर्तालिकीकरणको सुविधा लिनका लागि पुस मसान्तसम्म बक्यौता ब्याजको १० प्रतिशत तिर्नुपर्ने सर्त थियो । तर अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले पुनर्तालिकीकरणको सुविधा लिन कुल बक्यौता व्याजको पाँच प्रतिशत रकम तिरे पुग्ने व्यवस्था गरेको छ ।
उद्योग व्यवसायलाई ऋण र ब्याज तिर्न अहिले नै कस्न सकिने अवस्था आइ नसकेकाले पुनर्तालिकीकरणमा लचकता अपनाइएको गभर्नर अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।