यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा बनाउन एक हिन्दू समाजसेवीले जग्गादान गर्नुभएको छ ।
मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख रुपैयाँ पर्ने १२ धुर जग्गा दान गर्नु भएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिनुभयो । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताउनुभयो । अहिले त्यहाँको मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ ।
जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताउनुभयो । यसैबीच, झापाको अर्जुनधारा–१ मा रहेको साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकले एक रुपैयाँ दान अभियान शुरु गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।