यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको छैटौँ साधारण सभा सम्पन्न भएको छ ।
उज्यालो घर जावलाखेलमा भएको साधारण सभा समारोहमा नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहालले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने जुनसुकै गतिविधिको विरोध गर्ने बताउनुभयो । सचिव दाहालले विगतमा सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको डटेर विरोध गर्दा सरकार पछि हट्न बाध्य भएको र अहिले फेरि सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेस स्वतन्त्रतालाई बाँध्न लागेको बताउनुभयो ।
उहाँले कोरोना महामारीका बेलामा ठूला मिडिया हाउसमा पत्रकारलाई निष्कासन गर्ने, तलब नदिने लगायतका समस्या देखिएको र महासङ्घको पहलमा धेरै समस्या समाधान भइसकेकाे बताउनुभयो । अब पत्रकार महासङ्घ खुला मतदान प्रणालीमा जाने बताउँदै उहाँले यसबाट थप प्रजातान्त्रिक अभ्यासको सुरुवात हुने बताउनुभयो । महासङ्घलाई नितान्त श्रमजीवी पत्रकारको संस्था बनाउने उद्देश्यका साथ शुद्धीकरण अभियान थालिएको सचिव दाहालको भनाइ छ ।
कार्यक्रममा कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले आफू पत्रकारको हकहितका लागि सधैँ प्रतिबद्ध रहेको र यसलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । विभिन्न सङ्कटका बेलामा मिडिया हाउसमा पनि समस्या देखिने भए पनि पत्रकार र व्यवस्थापनको छलफलबाट समस्या समाधान भइरहेको गुरागाईंले बताउनुभयो ।
कार्यक्रममा महासङ्घको प्रतिष्ठान शाखाका इञ्चार्ज यम विरहीले पत्रकारको हकहितका लागि सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले पत्रकार हकहितका लागि काम गरेकोमा प्रशंसा पनि गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।