अमेरिकाको संसद भवनमा भएको आक्रमणको छानबिन हुने

 फागुन ४, २०७७ मंगलबार १०:३०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि स्वतन्त्र आयोग गठन हुने भएको छ ।

गएको जनवरी ६ तारिखमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको हिंसात्मक आक्रमणको स्वतन्त्र छानबिन हुने अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले बताउनुभयो । 

संसद भवनमा भएको आक्रमण किन र कसरी भयो भन्ने सत्यतथ्य थाहा पाउनु पर्ने उहाँको भनाइ छ । संसद भवनमा भएको हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको ज्यानको थियो भने यो ट्रम्पकै उक्साहटमा आक्रमण भएको आरोप लागेको थियो । 

अमेरिकाको माथिल्लो सदन सिनेटले संसद भवनमा भएको आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पलाई लागेको महाभियोगबाट उन्मुक्ति दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया