सिप्रदीको सर्टिफाइड ग्यारेज अब काठमाण्डाै जोरपाटीमा पनि

 फागुन ४, २०७७ मंगलबार १३:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले काठमाण्डाैको जोरपाटीमा रहेकाे सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा मोटर्सका ग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ्गकाे सुविधा प्रदान गर्ने उदेश्यले वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरिएकाे हाे । 

साथै चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज सङ्गम श्री अटो वर्कशपले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ । गएकाे माघ ३० गते सिप्रदीका चिफ म्यानेजर जयन बाबु डंगोल तथा अरुणकुमार शाहले संयुक्तरुपमा वर्कशपको उद्घाटन गरेका हुन्।

ग्राहकहरुले टाटाका एस, पिकअप तथा विङ्गर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ्ग तथा मर्मतका सेवाहरु त्यस वर्कशपबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । यस वर्कशपमा टाटा योद्धाका ग्राहकहरुलाई निःशुल्क १४ प्वाइन्ट चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवा तथा सुविधाहरुको साथमा शनिवार पनि दिउँसो १ बजेसम्म वर्कशप खुल्ला रहने भएकाे छ ।

संगमश्री अटो वर्कशपले टाटा योद्धा गाडीहरुको निःशुल्क १४ प्वाइन्ट चेक अप,  ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरुलाई क्षतिपूर्तिको व्यवस्था, समायोजित तथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरुको स्पेयर पार्टस् उपलब्धताको साथमा शनिवार पनि वर्कशपखुल्ला रहने सेवा तथा सुविधाहरु प्रदान गर्ने भएकाे छ । 

टाटा मोटर्सकाे कमर्शियल गाडीको ग्राहक सेवाअन्तर्गतका कन्ट्री मेनेजर समान्य दास तथा टाटा मोर्टस कमर्शियल भेहिकल सेल्सका  तुसार गुप्ताले संयुक्तरुपमा सेवा तथा सुविधाहरुको शुभारम्भ गर्नु भएकाे थियाे । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया